११ भदौ,काठमाडौं । सुनको मूल्य लगातार चौथो दिन पनि स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ । यो ७ भदौ देखिको स्थिर मूल्य हो ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments