टी-२० विश्वकप क्रिकेट छनोटमा युएईविरुद्ध सेमिफाइनल खेलको पहिलो इनिङ्समा नेपालले राम्रो बलिङ गर्यो । सुरुमा सोमपाल कामीको बलिङमा भएको रनआउट र विकेट राम्रो थियो ।
बीचमा र अन्तिममा स्पीनर प्रभावकारी देखिए । यो पिचमा स्पीन खेल्न सजिलो छैन । त्यसैले सन्दीप लामिछाने, कुशल मल्ल र रोहित पौडेलले पनि विकेट लिए ।
मूलपानी मैदानमा अविनाश बोहराको बलिङमा रन बनाउन सजिलो थियो । त्यसैले युएईका खेलाडीले अविनाशको अन्तिम दुई ओभरमा अट्याक गरे । बल घुमेको छ त्यसैले अन्तिम ओभरमा स्पीनर लगाउँदा पनि विकेट आयो ।
यो अवस्थामा नेपाली खेलाडीले युएईका बलर आयान अफजल र जुनैद सिद्दिकीको बलिङमा कस्तो खेल्छ त्यसमा भर पर्छ । जित हारका लागि हामीले कसरी खेल्छौं त्यसमा भर पर्छ । धेरै अट्याकिङ भएर खेल्नु जरुरी छैन । लक्ष्य १३५ रन मात्र छ ।
सुरुमा धेरै विकेट गए कठिन हुन्छ । किनकी बल धेरै टर्न भइरहेको छ । सहज लक्ष्य भेट्टाउन सुरुको ६ ओभरमा धेरै विकेट गुमाउनु हुन्न । गुमाएपनि १ वा २ भन्दा बढी विकेट फाल्नु हुन्न । पावर प्लेमा विकेट गुमाएन भने धेरै राम्रो हुन्छ ।
यो पिचमा कुशल मल्लको ब्याटिङले लक्ष्य हासिल गर्ने कि नगर्नेमा फरक पार्न सक्छ । युएईमा तीन जना स्पीनर छन् । दुई जना लेफ्ट आर्म स्पिनर र एक जना अफस्पीनर छन् । त्यसमा हामीले आक्रामक भएर खेल्न जरुरी छैन ।
१३५ को लक्ष्य भएपनि खेल प्रतिस्पर्धात्मक हुन्छ ।
प्रतिक्रिया
No Comments