काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएपछि नागरिकता विवादमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध पक्राउपुर्जी जारी भएपछि उनले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । उनले ब्याकमेलिङ र राजनीतिक प्रतिशोधका कारण कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट बिचलित नहुने बताए ।

मंगलबार आफूलाई भेट्न पुगेका नेपाली कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँध्न खोजिएपनि कान्तिपुरले आफ्नो कामलाई निरन्तरता दिने बताए ।

‘ सिरोहियाले व्यक्तिगत रुपमा जस्तोसुकै अनुसन्धान र आक्षेप सहन तयार रहेको बताउँदै कान्तिपुर मिडिया ग्रुपलाईू राजनीतिक सौदाबाजी गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । नागरिकतासम्बन्धी विवादमा सिरोहियाले गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा गत २५ वैशाखमा न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments