बीपी कोइरालाको नेतृत्वमा सरकार बनेको छ–सात महिना मात्र के बितेको थियो, ०१६ मंसिर २६ गतेदेखि राजा महेन्द्रले पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने तय भयो । त्यस क्रममा राजनीतिक पार्टीहरूले पनि आफ्नो वर्चस्व देखाउन अनेक प्रयास गरे ।
भ्रमणस्थलहरूमा आफ्नो पहिचान खुल्ने झन्डा र ब्यानरका साथ कोभन्दा को कमको शैलीमा प्रजापरिषददेखि नेपाली कांग्रेसका कार्यकर्तासम्मको तँछाडमछाड नै चलेको थियो । राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाको भ्रमण गरी २०१६ माघ १७ गते बेलुकी राजधानी फर्किए ।०१६ सालतिर राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमण हुँदा हेलम्बु गाउँपालिकाका सितार लामा १४–१५ वर्षका थिए ।
अहिले उनी ७९ वर्षका भए । उनी राजा महेन्द्रसँगै एक महिने पश्चिमाञ्चल भ्रमणमा थिए । भ्रमण दलका हामी नुवाकोटको समुन्द्रटार र धादिङको ज्याम्रुङ हुँदै गएका थियांै । कसैले घोडा चढेका थिए, हामी केटाकेटी चाहिं हिड्दै गएका थियौं । गाउँमै हुर्किएका सितार लामाको नाचले राजा महेन्द्रलाई मोहित बनायो ।
नृत्यमा नाम कमाइसकेका उनले बन्दीपुरमा राजाको अगाडि नृत्य देखाउने अवसर पाउँदा उनी दंग परेका थिए, औधी खुशी । बुढेसकालमा पनि रातोपीरो र उज्यालो अनुहार भएका सितार लामा यो उमेरमा पनि दप्ची नाच्छन्, लोसारमा सिमेभूमेलाई मन्सिएपछि गाइने गीत पनि लय हालेर गाउँछन् । ह्योल्मो भाषामा लोसारमा नाचिने नाचलाई दप्ची भनिन्छ । त्यसबेला तनहुँको सदरमुकाम बन्दीपुरमा थियो, दमौली त धेरैपछि सारिएको हो ।
कुनैबेला हेलम्बु गाउँ ९सायद यसअघि तिम्बुघ्याङयुल पञ्चायत थियो० पञ्चायतका उपप्रधानपञ्च समेत भएका सितार लामाको बन्दीपुरको नाचबाट प्रभावित राजा महेन्द्रले प्रधानसेनापति तोरण शंशेर राणालाई सोध्न भनेछन्– के चाहन्छ यो केटाले रु सितार लामाकी दिदी तोरण शंशेरको घरमा काम गर्ने भएकाले लामाको सम्बन्ध तोरण शंशेरसँग राम्रो मात्र होइन, धेरै राम्रो थियो । काठमाडौं जादा तोरण शंशेरकै घरमा बस्थे, सितार लामा । कहिले त एक महिना नै बस्थें । तोरणले नै सिकाए– राजासँग स्कूल माग्नु है । लामाले त्यसै भने राजा महेन्द्रसँग । उनलाई अहिले पनि सम्झना छ– त्यो चिठी पदमबहादुर खत्रीले टाइप गरेका हुन् । उनीसँग त्यो चिठी अझै सुरक्षित नै छ, सीसाको फ्रेम हालेर काठमाडौंको घरको भित्तामा झुण्ड्याएका छन् उनले ।
तर उनी हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मै बस्छन् । किन भने सितार लामाका जजमान धेरै छन् ।त्यसबेला राजा महेन्द्रको भ्रमण टोलीमा उनी पनि थिए । टाइप राइटर बोकाएर लगिन्थ्यो । केही महिनापछि शिक्षा मन्त्रालयले स्कूल स्वीकृति भएको चिठी दियो । म काठमाडौंमै थिएँ, उबेला काठमाडौंबाट हेलम्बु आउँन दुई दिन लाग्थ्यो । अहिले त बढीमा तीन घण्टामै पुगिन्छ ।
काठमाडौंबाट सुन्दरीजल, चीसापानी, पाटीभञ्ज्याङ हुँदै हिडेर हेलम्बु आउँनु पथ्र्यो सितार लामाले बुढ्यौंली अनुभव सुनाए । हिडेर आउँदा चीसापानीमा एक जना नयाँ मान्छे भेटियो । उसैले बोलायो– तपाईहरु कता पुग्ने हो ? उसलाई जवाफ फर्काउनु भन्दाअघि नै हामीले पनि सोध्यौं– तपाई कता पुग्ने हो त ? उनले जवाफ दिए– हेलम्बु नुर्वु गाउँका एक जनाले राजा (महेन्द्र्र) सँग स्कूल पाउँ भनी विन्ती हालेका रहेछन् । स्कूल स्वीकृति भएको पत्रसँगै लिएर आएको छु, म त्यही (नुर्वु) गाउँमा पढाउने शिक्षक हुँ । त्यतै जान लागेको हुँ । उनको नाम श्याम न्यौपाने हो । त्यतिबेला उनले मासिक १५ रुपैयाँ पाउथें । सितार लामाले भने– नुर्वु गाउँमा विद्यार्थीको अभाव भयो, केही वर्षपछि स्कूल तार्केघ्याङमा गयो ।
लामाले सुनाउँदै भने– राजासँग विन्तीपत्र हाल्ने मै हुँ भन्ने कुरा भएन, पत्याउनु पनि कसरी रु म १५–१६ वर्षको अनपढ ठिटो, अनि हामी सँगसँगै आयौं । शिक्षक न्यौपानेले हेलम्बु आउने बाटो नदेखेकाले हाम्रो साथ लागेर उनी हेलम्बु आएका हुन् अँ, म त तोरण शंशेर जंगबहादुर राणासँग दिल्ली भ्रमणमा पनि गएको थिएँ नि बाबु । सितार लामाले सम्झेझै गर्दै उनले भने– हैदरावाद हाउसमा दुई रात बसेर प्रधानसेनापति तोरण शंशेर अमृतशहर जानु भयो, हामी भने हैदरावाद हाउसमै बस्यौं ।
केही दिनपछि उहाँ हैदरावाद हाउसमै फर्कनु भयो र हामी देहरादुन गयौं, त्यहाँ गोरखाली फौजले प्रधानसेनापति तोरण शंशेरलाई सलामी दियो ।तोरणशंशेर बढो महत्वकांक्षी थिए । उनी आफ्ना पूर्ववर्ती झैं श्रीपेच लगाउन चाहन्थे तर मातृकाप्रसाद कोइरालाले दिएनन् ।
राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् आफ्नो मुडुलो टाउको नै लिएर हिड्ने गर्थे उनी ।
तोरण शंशेर राणा २०१३ साल जेष्ठ ७ गतेदेखि २०१७ जेष्ठ ७ गतेसम्म प्रधानसेनापति भएका थिए । तोरण शम्शेर कान्ति राज पथ निर्माण समितिका अध्यक्ष पनि थिए । कान्ति राजपथको उद्घाटन समारोहमा उनले राजा महेन्द्रबाट ॐ राम पट्ट तक्मा पाएका थिए । उनी पूर्व पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य
प्रतिक्रिया
No Comments