१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ ।

कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरुले भरिएका छन् । कतिपय दर्शकहरु घरको छतमा बसेर क्रिकेट हेरिरहेका छन् भने धेरैजसो मैदान नजिकको सडक किनार र चौरतिर बसेका छन् ।

शुक्रबार ओमानसँग पराजित भएकाले नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेलिरहेको छ । यो खेल जिते नेपाल विश्वकपमा पुग्नेछ ।

दश वर्षपछि विश्वकप खेल्ने अवसर भएकाले नेपाली दर्शकहरुमा ठूलो उत्साह देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments