काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू सात दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले सरकारी विद्यालयहरूमा भाडामा दिइएका सटरहरू खाली गराउन निर्देशन दिएको छ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार ३७ वटा विद्यालयले सटर भाडामा दिएका छन्। विद्यार्थीहरूको चाप बढेको र कक्षा कोठा साँघुरो भएकाले यी सटरहरू खाली गराएर विद्यालयको स्थान विद्यार्थीहरूको प्रयोगमा ल्याउने योजना रहेको छ।

महानगरले आइतवारदेखि यो अभियान सुरु गरेको हो, जसले विद्यालयहरूको खेल स्थान व्यवस्थापन र कक्षा कोठा विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

सम्बन्धित समाचार

प्रतिक्रिया

No Comments